१३ असार २०८३, शनिबार

सर्लाहीमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु, एक  घाइते

साउन २५, २०८२
सर्लाही
सर्लाहीमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु, एक  घाइते

सर्लाहीका छुट्टाछुट्टै स्थानमा भएका घटनामा परेर दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । 

आज बरहथवा र हरिवनमा भएका घटनामा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  प्रहरीका अनुसार बरहथवा नगरपालिका–१६ मा लखन्देही खोलाले बगाएर एक वृद्धको मृत्यु भएको हो । मृत्यु हुनेमा कबिलासी नगरपालिका–१, पिपरियाका ७० वर्षीय मोहम्मद जमिर रहेका छन् ।

खोला तरेर खेतमा जाने क्रममा उनी बेपत्ता भएकामा प्रहरीसहित स्थानीयले खोजी गर्दा बरहथवा—१९ र चक्रघट्टा गाउँपालिकाको सीमास्थित लखन्देही खोला किनारमा मृत फेला पर्नुभएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए । 

यसैगरी हरिवन नगरपालिका–१०, सुखेपोखरीमा मोटरसाइकलको ठक्करबाट साइकलमा सवार १४ वर्षीया दिपीका बुढाथोकीको मृत्यु भएको हो । प्रदेश ०२–०३–०१९ प ५४०८ नं को मोटरसाइकलले बालिका सवार साइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालकसमेत घाइते भएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्