२६ असार २०८३, शुक्रबार

सुनसरी दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ४ पुग्यो, बस चालक प्रहरी नियन्त्रणमा

साउन २६, २०८२
विराटनगर
सुनसरी दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ४ पुग्यो, बस चालक प्रहरी नियन्त्रणमा

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ स्थित जलुवाटोलमा आज बिहान बस र विङ्गर ठोक्किँदा मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

बिहान करिब ७:१५ बजे पूर्व–पश्चिम राजमार्गमा काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्र २–०१–००१ ज ००४७ नम्बरको विङ्गर ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।​

मृतकहरूको सनाखत हुन सकेको छैन ।

घाइतेहरू मध्ये ३ जना सामान्य उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । १० जना मध्यम र ११ जना सामान्य घाइतेहरूको सुनसरीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाको खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी निरीक्षकसहितको टोली घटनास्थलमा खटिएर उद्धार गरेको थियो । 

झापाको अर्जुनधारा नगरपालिका–१ बस्ने ३६ वर्षीय बस चालक गोपाल अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ​

विङ्गरका चालक पनि घाइते छन् । उनको उपचार भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्