१५ असार २०८३, सोमबार

एम्बुलेन्स दुर्घटना, चालकको मृत्यु

साउन २६, २०८२
सुर्खेत
एम्बुलेन्स दुर्घटना, चालकको मृत्यु

जाजरकोटमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

भेरी नगरपालिका–१ कोलचौर नजिकै कल्ले खोलामा आज भे १ च २२४७ नम्बरको एम्बुलेन्स दुर्घटना भएको छ ।

दुर्घटनामा एम्बुलेन्सका चालक भेरी–१ डौंरीकाँडाका २७ वर्षीय सुनिल चनाराको मृत्यु भएको हो ।

अस्थायी प्रहरी पोष्ट होलुखोलाका प्रहरी नायब निरीक्षक वीरबहादुर थापाका अनुसार भेरी–१ डौँरीकाँडा बिरामी लिन जाँदै गर्दा एम्बुलेन्स दुर्घटना भएको हो ।

उकालो सडकको भित्तामा ठोक्किएर एम्बुलेन्स दुर्घटना भएको हो । चालक चनाराको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्