
दिएको निवेदन रुपन्देही जिल्ला अदालतको पेशीमा चढेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रिहाइको माग गर्दै दिएको निवेदन रुपन्देही जिल्ला अदालतको पेशीमा चढेको छ ।
अदालतका सूचना अधिकारी तथा शाखा अधिकृत पदम अर्यालका अनुसार न्यायाधीश नारायण सापकोटाको इजलासमा लामिछानेको पेशी चढेको हो ।
बुटवलको सुप्रिम सहकारी ठगी अभियोगमा भैरहवा कारागारमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले १९ साउनमा आफूलाई जमानत लिएर रिहा गर्न माग गर्दै रुपन्देही जिल्ला अदालतमा निवेदन दर्ता गराएका थिए ।
लामिछानेले बिगो बापतको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ दाखिला गरेको बताएका छन् ।