
जाजरकोट र सप्तरीमा भएका दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
जाजरकोटको भेरी नगरपालिका-१ कोलचौरमा भे १ च २२४७ नम्बरको एम्बुलेन्स सडकबाट करिब १ सय मिटर तल खसेर सोमबार बिहान दुर्घटना हुँदा चालक सोही नगरपालिका-१ बस्ने २७ वर्षीय सुनिल चदाराको घटनास्थलमै मृत्यु भएको छ ।
यसैगरी, सप्तरीको शम्भुनाथ नगरपालिका-८ पोखरीयामा प्रदेश २-०१-००१ स १०२५ नम्बरको टेम्पु र मधेश प्रदेश ०१-००५ प ५७३३ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-२ कनकपट्टी बस्ने २४ वर्षीय अजय कुमार चौधरीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
साथै, दुर्घटनामा घाइते भएका टेम्पु चालक र टेम्पुमा सवार १ जनाको एड्भान्स अस्पताल कल्याणपुरमा उपचार भइरहेको छ ।