३१ असार २०८३, बुधबार

बानेश्वरबाट ब्राउन सुगरसहित दुई युवक सशस्त्र प्रहरीको नियन्त्रणमा

साउन २६, २०८२
काठमाडौं
बानेश्वरबाट ब्राउन सुगरसहित दुई युवक सशस्त्र प्रहरीको नियन्त्रणमा

 काठमाडौँ महानगरपालिका–३१, बानेश्वरस्थित बाशुकी मार्गबाट सशस्त्र प्रहरीले ब्राउन सुगरसहित दुई युवकलाई नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी बल, नेपाल इन्टेलिजेन्स ब्यूरोको टोलीले सोमबार साँझ धनकुटा जिल्ला पाख्रीबास नगरपालिका–५ का ३१ वर्षीय डिल्लीबहादुर कटुवाल र झापा जिल्ला भद्रपुर नगरपालिका–२ का ३० वर्षीय शैलेस थापा मगरलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनीहरूको साथबाट अन्दाजी ३०.१५ ग्राम ब्राउन सुगर, तीन पोका गाँजा, ब्राउन सुगर तौल गर्न प्रयोग हुने एक थान तराजु, तीन थान मोबाइल फोन र एक थान मोटरसाइकल बरामद गरिएको छ।

बाशुकी मार्गको एक घरमा लागुऔषध बिक्री वितरण गर्दै गरेको अवस्थामा पक्राउ परेका उनीहरूले उक्त ब्राउन सुगर सिरहाको गोलबजारबाट ल्याएको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ।

बरामद सामानसहित उनीहरूलाई थप कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

salt training

कमेन्ट गर्नुहोस्