२३ असार २०८३, मंगलबार

सप्तकोशीमा पानीको बहाव बढ्दो क्रममा, १९ ढोका खुला

साउन २७, २०८२
सुनसरी
सप्तकोशीमा पानीको बहाव बढ्दो क्रममा, १९ ढोका खुला

पूर्वी पहाडी तथा तराईका जिल्लामा भएको वर्षाले सप्तकोसी नदीमा कोशी ब्यारेज भएर बग्ने पानीको बहाव बढ्दै गएको छ । 

सोमबार राति ८ बजे गरिएको मापनअनुसार कोशी ब्यारेजमा पानीको बहाव एक लाख ७४ हजार ४९४ क्युसेक प्रतिसेकेण्ड रहेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए ।

सप्तकोशी नदीमा बहाव बढ्दो क्रममा रहेकाले ५२ वटा मूल र चार वटा नहरको गरेर ५६ वटा ढोकामध्ये १९ वटा ढोका खुला गरिएको छ भने खतराको सङ्केतस्वरूप रातो बत्ती बालिएको उनले बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्