०१ साउन २०८३, शुक्रबार

नेपाली चलचित्र महाभोज ‘एमएसएम भिडियो’मा रिलिज

साउन २७, २०८२
काठमाडौं
नेपाली चलचित्र महाभोज ‘एमएसएम भिडियो’मा रिलिज

गत जेठ ३० गते सार्वजनिक प्रदर्शनमा आएको नेपाली चलचित्र ‘महाभोज’ अब नेपाली ओटीटी प्लेटफर्म एमएसएम भिडियोमा रिलिज गरिएको छ।

अब यो चलचित्र संसारभरका दर्शकले घरमै बसेर एपमार्फत मोबाइल, टेलिभिजन तथा कम्प्युटरमा हेर्न सक्ने भएका छन् ।

दिनेश राउतको निर्देशनमा बनेको ‘महाभोज’ नेपालको सहकारी घोटाला, राजनीतिक भ्रष्टाचार र साधारण नागरिकको न्याय खोजीमा आधारित सामाजिक–राजनीतिक ड्रामा हो ।

यसको कथामा एक बैंकका कर्मचारीले आफूलाई आवश्यक परेको पैसा आफ्ना पितासँग माग्दा थाहा पाउँछ कि बचत रकम सहकारीमा फसेको छ। त्यसपछि सो रकमको लागि उत्पन्न हुने सङ्घर्ष, विद्रोह र सत्य खोजी नै कथाको मुख्य धारा हो।

हिमाल कडरियाको निर्माण तथा विकास सुवेदीको लेखन रहेको ‘महाभोज’ चलचित्रमा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने र आभा अर्याललगायतका कलाकारको अभिनय समावेश छ।

salt training

कमेन्ट गर्नुहोस्