०९ साउन २०८३, शनिबार

अहिले ओलीको विकल्प खोज्ने बेला होइन- शंकर पोखरेल

साउन २७, २०८२
काठमाडौं
अहिले ओलीको विकल्प खोज्ने बेला होइन- शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोज्ने बेला अहिले नभएको बताएका छन् ।

अहिले पार्टीलाई बनाउने बेला भएको उल्लेख गर्दै महासचिव पोखरेलले जतिबेला जे कुरा गरेर पार्टीलाई बनाउन सकिन्छ त्यही कुरा गर्नुपर्ने बताए । म राम्रोसँग पार्टी चलाउन सक्छु भन्नेहरूको आधारविना नेतृत्वको विकल्प खोज्न नसकिने पोखरेलले बताए । 

नेकपा (एमाले) कोशी प्रदेश कमिटीको मंगलबार धनकुटाको हिलेमा भएको सातौं बैठकलाई सम्बोधन गर्दै उनले संविधानसभाको निर्वाचनपछि नेपाली जनतामा आशा जगाउने र समृद्धिको यात्रामा केपी ओली नेतृत्वकै सरकारले गरेकाले एमाले र ओलीमाथि प्रहार भएको बताए । 

नेपालको अस्थिर राजनीतिलाई स्थिर बनाउन एमाले र ओलीले खेलेको भूमिकालाई रोक्न चौतर्फी प्रहार भएको बताउँदै पोखरेलले नेपालको आर्थिक वृद्धि तीन वर्ष लगातार ४ प्रतिशतले बढाउन सफल भएकाले खासगरी सरकारबाट बाहिरिएका माओवादी र जनताबाट अस्वीकृत दलहरू ओलीका विरुद्ध लागेको उल्लेख गरे । 

‘पूर्व राष्ट्रपति विद्या भण्डारीले म राजनीतिमा आएँ भन्नु भएको छ  पार्टीले मिल्दैन भनिसकेको छ । यस्ता बहसको विषयले पूर्व राष्ट्रपतिको गरिमा र मर्यादामा असर गर्छ । यो विषय उहाँका लागि होइन भन्ने बुझ्नु पर्दछ’, पोखरेलले भने, ‘उहाँ भूपु भएपनि अहिलेसम्म नेपाली सेनाले सुरक्षा दिइरहेको छ । हाम्रो अभ्यासले के बताउँछ, हाम्रो संविधानले के भन्छ भन्ने कुरा उहाँजत्तिको व्यक्तित्वले बुझ्नुपर्छ ।’

पोखरेलले पार्टीमा दुईवटा मतभेद जस्तो देखिए पनि त्यो समाधान भइसकेको दाबी गरे । पोखरेलले ७० वर्षको उमेर हद र दुई कार्यकालको विषयमा मतभेद जस्तो देखिए पनि त्यो अन्त्य भइसकेको बताएका हुन् ।

पार्टी सचिवालय, पोलिटब्युरो र केन्द्रीय कमिटीले सर्वसम्मत रूपमा सो विषयलाई टुङ्ग्याइसकेको पोखरेलले बताए । ‘यसमा एक जनाको मात्र असहमति छ, कर्ण थापाको मात्रै असहमति छ’, उनले भने ।

पार्टी विधानमा आफैंले स्थगित गरेको कुरालाई स्थगित नगरे जसरी कार्यकर्ता र जनताको बीचमा लैजानु नहुने उनको धारणा छ । आफैंले गरेको काममा टीकाटिप्पणी गर्नु राम्रो नहुने उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्