
कैलालीमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।
टीकापुर नगरपालिका- १ चौराहास्थित सडकमा सु प प्र ०१-००१ ख ३५८३ नम्बरको बसको ठक्करबाट साइकलयात्री सोही नगरपालिका- ६ नारायणपुर बस्ने ४५ वर्षीय अटुवारी चौधरीको मंगलबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
बसको ठक्करबाट गम्भीर घाइते भएका उनको टीकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै उक्त बसले सु प प्र ०१-०१२ प १८६९ नम्बरको मोटरसाइकललाई समेत ठक्कर दिँदा घाइते भएका मोटरसाइकल चालकको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।