२५ जेठ २०८३, सोमबार

कांग्रेसले सहिदलाई सधैँ सम्मान गर्छ- शेरबहादुर देउवा

साउन २७, २०८२
तनहुँ
कांग्रेसले सहिदलाई सधैँ सम्मान गर्छ- शेरबहादुर देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसले सधैँ सहिदको उच्च सम्मान गर्ने बताएका छन् ।

सहिद कल्याण खनालको २३ औं स्मृति दिवसको अवसरमा तनहुँको भीमाद नगरपालिका-६ मा मंगलबार आयोजित स्मृतिसभामा सभापति देउवाले सहिदको योगदानकै कारण पार्टी आजको स्थितिसम्म आइपुगेको बताउँदै सहिदलाई कहिल्यै बिर्सन नहुने बताए ।

सभापति देउवाले भने, ‘पार्टीका लागि सहिद भएकाको परिवारलाई पार्टीले सधैँ हेर्छ । उच्च मूल्यांकन गर्छ ।’ 

उनले विसं २००७ देखि नै लोकतन्त्रका लागि तनहुँबाट धेरैले ज्यान गुमाएको स्मरण गर्दै देशका लागि ज्यान गुमाउनेहरूको रगत खेर जान नदिने प्रतिबद्धता जनाए । 

‘त्यस्तै बलिदान दिनेमध्ये सहिद कल्याण खनाल हुनुहुन्थ्यो । देशका लागि जीवन बलिदानी दिने साथीहरूले देखाएको बाटोमा अगाडि बढ्नुपर्छ । उहाँहरूले देखाएको बाटोमा अगाडि बढेमात्रै सहिदप्रति सच्चा सम्मान हुनेछ’, देउवाले भने ।

सभापति देउवाले सहिद कल्याण खनाललाई व्यक्तिगत रूपमा चिनेको बताउँदै तत्कालीन अवस्थामा उनले आफूलाई धेरै सहयोग गरेको स्मरण गरे । 

सो अवसरमा सभापति देउवाले सहिद कल्याण खनालको सम्झनामा निर्माण गरिएको अर्धकदको सालिकको अनावरण पनि गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्