२८ असार २०८३, आइतबार

रवि लामिछानेलाई काठमाडौँमा सार्नुपर्छ : राजेन्द्र लिङ्देन

साउन २७, २०८२
काठमाडौं
रवि लामिछानेलाई काठमाडौँमा सार्नुपर्छ : राजेन्द्र लिङ्देन

 राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई तत्काल काठमाडौँको कारागारमा सार्न सरकारसँग माग गरेका छन्।

सोमबार दोस्रो पटक भैरहवा कारागार पुगेका लिङ्देनले लामिछानेसँग स्वास्थ्य अवस्था, राष्ट्रिय राजनीति, संसदको गतिविधि तथा रुपन्देहीमा हुने उपनिर्वाचनलगायतका विषयमा कुराकानी गरेको जानकारी दिएका छन्।

भेटपछि सामाजिक सञ्जाल फेसबुकमार्फत लिङ्देनले लामिछानेलाई राखिएको कारागार सुविधा र सुरक्षा दुवै दृष्टिले अनुपयुक्त भएको दाबी गरेका छन्। उनले भने, “देशको एउटा महत्वपूर्ण पार्टीको सभापतिलाई थुनामा राख्दा सामान्यतया आफूले रोजेको कारागारमा बस्न दिने न्यूनतम सुविधाबाट पनि सरकारले वञ्चित गरेको देख्दा दुःख लागेको छ।”

गृहमन्त्री रामेश लेखकको ध्यानाकर्षण गराउँदै लिङ्देनले लामिछानेलाई तत्काल काठमाडौँ सार्न उपयुक्त हुने बताए । सहकारी ठगी प्रकरणमा लामिछाने पुर्पक्षका रुपन्देही कारागारमा छन् । 

salt training

कमेन्ट गर्नुहोस्