सिराहामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
नवराजपुर गाउँपालिका-५ झाझपट्टी टोल बस्ने ४८ वर्षीय राम शरण यादवको करेन्ट लागेर मंगलबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
आफ्नै धान खेतमा पानी लगाउने क्रममा विद्युतीय मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो ।