२३ असार २०८३, मंगलबार

बसको ठक्करबाट कैलालीमा साइकलयात्रीको मृत्यु

साउन २७, २०८२
काठमाडौं
बसको ठक्करबाट कैलालीमा साइकलयात्रीको मृत्यु

कैलालीमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । 

टीकापुर नगरपालिका-१ चौराहामा सु.प.प्र.०१-००१ ख ३५८३ नम्बरको बसको ठक्करबाट साइकलयात्री सोही नगरपालिका-६ नारायणपुर बस्ने ४५ वर्षीय अटुवारी चौधरीको मंगलबार बिहान मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका उनको टीकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । साथै, उक्त बसले सु.प.प्र. ०१-०१२ प १८६९ नम्बरको मोटरसाइकललाई समेत ठक्कर दिँदा घाइते भएका मोटरसाइकल चालकको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । 

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्