२८ असार २०८३, आइतबार
मनसुनी वायु सक्रिय

देशभर ठूलो पानी पर्ने सम्भावना, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

साउन २८, २०८२
काठमाडौं
देशभर ठूलो पानी पर्ने सम्भावना, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

गएराति देशैभर वर्षा भएको छ । राति कोशी प्रदेशका विभिन्न ठाउँमा मध्यमदेखि ठूलो पानी परेको हो । झापा र उदयपुरसहित केही ठाउँमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

ठूलो पानी परेको क्षेत्र आसपासमा नदी तथा खोलामा जलसतह बढेको छ । नदी तटीय बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

यसबाहेक बाँके, डोटी, इलाम, सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, नुवाकोट, दाङ, रुकुमपश्चिम, सुर्खेत र बझाङमा मध्यम वर्षा भएको छ ।

हाल कोशी, मधेश, बागमतीको थोरै स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा अहिले मध्यम वर्षा भइरहेको छ । कोशीका एक–दुई स्थानमा अहिले पनि ठूलो पानी परिरहेको छ । 

आज पनि देशभर पानी पर्ने सम्भावना छ । मनसुन सक्रिय भएका कारण सातै प्रदेशमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो देशका अधिकांश स्थानमा मध्यम वर्षाको सम्भावना छ।  कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा भारी वर्षा र एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । 

आज राति गण्डकी र कर्णालीका पहाडी भूभाग, लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई भूभागका धेरै स्थान र बाँकी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। 

सुदूरपश्चिमको पहाडी र तराई भूभागको थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा लुम्बिनीको तराईको भूभागको थोरै स्थान, गण्डकी र कर्णालीको पहाडी भूभागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । 

मनसुनको न्यून चापीय रेखा नेपालको तराई आसपास अवस्थित छ ।

salt training

कमेन्ट गर्नुहोस्