१२ असार २०८३, शुक्रबार

पाँच वटा समितिको बैठक बस्दै, के–के छन् छलफलका एजेण्डा ?

साउन २८, २०८२
काठमाडौं
पाँच वटा समितिको बैठक बस्दै, के–के छन् छलफलका एजेण्डा ?

मंगलबार संघीय संसद अन्तरगत पाँच वटा समितिको बैठक बस्ने तय भएको छ । 

बुधबार प्रतिनिधि सभा अन्तर्गत अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र राष्ट्रिय सभा अन्तर्गत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागिएको हो । 

बिहान १० बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा कैलाली कारागारमा मिति २०८२/०४/२३ गते घटेको घटना, सोको प्रभाव र समस्या समाधानका उपायहरूबारे गृहमन्त्रीसँग छलफल गरिने कार्यसूची रहेको छ । 

यस्तै अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ भने बैठक बिहान ११ बजे बस्ने तय भएको छ । 

यसैगरी कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का सम्बन्धमा छलफल गरिने छ भने बैठक बिहान १० बजे बस्दैछ । 

यस्तै,११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा उपसमितिले गरेका निर्णयहरु सम्बन्धमा छलफल गरिने भएको छ । 

यस्तै ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा महालेखापरीक्षकको ६२ औं वार्षिक प्रतिवेदनमा समेटिएका मूलभूत पक्षहरुका विषयमा छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ।  
 

salt training

कमेन्ट गर्नुहोस्