
नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल महिला राष्ट्रिय क्रिकेट टोलीको जर्सी प्रायोजनका लागि दरखास्त आह्वान गरेको छ । आज एक सूचना जारी गर्दै क्यानले जर्सी प्रायोजनका लागि इच्छुक तथा योग्य व्यावसायिक संस्थालाई प्रस्ताव पेस गर्न आग्रह गरेको हो ।
जर्सी प्रायोजनको न्यूनतम वार्षिक शूल्क ६० लाख रुपैयाँ कायम गरिएको छ ।
क्यानका अनुसार, प्रायोजनको अवधि तीन वर्षको हुनेछ । त्यसपछि वृद्धिका लागि आपसी सहमतिमा निर्णय गरिने सूचनामा उल्लेख छ । प्रायोजकको ब्रान्ड महिला टोलीको जर्सीको अगाडिपट्टि राखिनेछ ।
आवेदन पेस गर्ने अन्तिम मिति अगस्ट ३० तारिख बिहान ११ बजेसम्म तोकिएको छ ।
