२३ असार २०८३, मंगलबार

राजस्थानमा पार्किङ गरिएको ट्रकसँग पिकअप भ्यान ठोकियो, सात बालबालिकासहित ११ जनाको मृत्यु

साउन २८, २०८२
काठमाडौं
राजस्थानमा पार्किङ गरिएको ट्रकसँग पिकअप भ्यान ठोकियो, सात बालबालिकासहित ११ जनाको मृत्यु

भारतको राजस्थानस्थित दौसा जिल्लामा पिकअप भ्यान दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । दुर्घटनामा ज्यान गुमाउनेमा सात बालबालिका र चार महिला छन् ।

दुर्घटनामा आठ जना घाइते भएको बीबीसी हिन्दीले जनाएको छ । बुधबार बिहान पिकअप भ्यान सर्भिस लेनमा पार्किङ गरिएको ट्रकसँग ठोक्किएको थियो । ज्यान गुमाउने सबै पिकअप भ्यानमा यात्रा गरिरहेको यात्रु हुन् । 

पीटीआईका अनुसार मनोहरपुर नजिकै भएको दुर्घटनामा परेका मानिसहरू खाटु श्याम र सालासर बालाजी मन्दिरको दर्शन गरेर उत्तर प्रदेशको इटाहस्थित आफ्नो गाउँ फर्किरहेका थिए ।

पिकअप भ्यानमा २० जना बढी मानिसहरू यात्रा गरिरहेका थिए । घाइतेको उपचार भैरहेको छ, जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको समाचारमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्