२१ जेठ २०८३, बिहीबार
विशेष अदालतमा मुद्दा दायर

भक्तपुरका मालपोत प्रमुखसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, २४ लाख ५० हजार घुस लिएको आरोप

साउन २८, २०८२
काठमाडौं
भक्तपुरका मालपोत प्रमुखसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, २४ लाख ५० हजार घुस लिएको आरोप

भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्यसमेत २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आचार्य र  कार्यालय सहयोगी टिकाराम राउतविरद्ध २४ लाख ५० हजार घुस लिएको आरोपमा बुधबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो । 

चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी ४ आना जग्गा मोही र लगत कट्टा गरी सो जग्गा मोहीको नाममा जग्गा धनी प्रमाण पूर्जा बनाउने प्रयोजनार्थ उनीहरूले घुस लिएको आयोगले जनाएको छ ।

अनुसन्धानको सिलसिलामा प्रमुख मालपोत अधिकृत आचार्य र कार्यालय सहयोगी राउतसमेतको मिलेमतो र योजनामा सेवाग्राहीसँग भक्तपुरको साविक चाँगुनारायण गाविस-५ ख मा क्षेत्रफल १४-४-०-० जग्गाको मोही बाँडफाँड/नामसारीका लागि सहजीकरण गरी जग्गाधनी दर्ता प्रमाण पूर्जा बनाइदिने भनेर उक्त घुस लिएको पुष्टि भएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए । 

उनीहरूविद्धर बिगो २४ लाख ५० नै कायम गरेर विशेष अदालतमा आरोपपत्र दायर गरिएको प्रवक्ता पौडेलले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्