०८ साउन २०८३, शुक्रबार
दुई पक्षबीच झडप

राप्रपाका युवाहरू आपसमै भिडेपछि अधिवेशन स्थगित

चित्त नबुझेको कुरा छलफलबाट टुंगो लाग्छ, बाहुबलबाट लाग्दैन : अध्यक्ष लिङदेन
साउन २८, २०८२
काठमाडौं
राप्रपाका युवाहरू आपसमै भिडेपछि अधिवेशन स्थगित

राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौं जिल्ला अधिवेशन स्थगित भएको छ ।

दुई पक्षबीच झडप भएपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले अधिवेशन स्थगनको घोषणा गरेका हुन् । 

कार्यक्रममा लिङदेनकै सामुन्ने हात हालाहाल भएको थियो ।

null

हात हालाहालपछि लिङदेनले अधिवेशन स्थगन गरिएको घोषणा गरे । 

त्यसअघि उनले गुण्डागर्दी र बाहुबलबाट कुनै कुरा टुंगो नलाग्ने भन्दै छलफलबाट सहमतिमा पुग्न आग्रह गरेका थिए । 

null

अब परिस्थिति राम्रो भएपछि मात्रै अधिवेशन हुने उनले बताए । ‘पार्टीमा अधिवेशन प्रारम्भ हुँदा डिस्टर्व गर्ने र अधिवेशन गर्न नदिने प्रयास गर्छ भने टुलुटुलु हेरेर बस्दैनौं । पार्टीको भविष्यसँग जोडिएको विषय हो,’ लिङदेनले भने, ‘तपाईंहरूका केटा कसैका हतियार होइनन् । कसैको  झुटो आरोपमा रमाउने होइन । चित्त नबुझेको कुरा बन्दसत्रमा प्रक्रियामा टुंगो लाग्छ । छलफल सहमतिबाट भएन भने भने मतदानबाट टुंगो लाग्छ । गुण्डागर्दी र बाहुबलबाट टुंगो लाग्दैन । अवस्था यो हेर्दा अधिवेशन गराउन उचित हुँदैन । त्यसैले यो अधिवेशन यही स्थगित हुन्छ । अधिवेशन स्थगित भएको जानकारी गराउँछु ।'​

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्