०७ असार २०८३, आइतबार

जबर्जस्ती करणी मुद्दाका कैदी फरार, सहायक सीडीओको नेतृत्वमा छानबिन समिति गठन

साउन २८, २०८२
विराटनगर
जबर्जस्ती करणी मुद्दाका कैदी फरार, सहायक सीडीओको नेतृत्वमा छानबिन समिति गठन

सुनसरीको झुम्का कारागारबाट एक कैदी फरार भएपछि घटनाको अनुसन्धान गर्न छानबिन समिति गठन गरिएको छ । 

सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको हो ।

मंगलबार राति करिब २ बजे जबर्जस्ती करणी मुद्दामा सजाय काटिरहेका कैदी कारागारबाट भागेका थिए । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ का २८ वर्षीय रूपक पौडेल खत्री कारागारको ‘बी’ ब्लकबाट फरार भएका हुन् ।

उनी मुढा बनाउन प्रयोग हुने बाँसको सहायताले पर्खाल नाघेर भागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले छानबिन समितिले आफ्नो काम शुरू गरिसकेको र फरार कैदीको खोजीका लागि प्रहरी परिचालन गरिएको जानकारी दिए ।

सामूहिक बलात्कारको घटनामा संलग्न खत्रीलाई जिल्ला अदालत सुनसरीले २०८१ चैत २५ गते १३ वर्ष कैद सजाय सुनाएको थियो । उनी २०८१ साउन २१ गतेदेखि कारागारमा थिए ।

salt training

कमेन्ट गर्नुहोस्