३० जेठ २०८३, शनिबार

पहिरोमा परेर इलाममा एक जनाको मृत्यु

साउन २८, २०८२
इलाम
पहिरोमा परेर इलाममा एक जनाको मृत्यु

पहिरोमा परेर इलाममा एक जनाको मृत्यु भएको छ । 

रोङ गाउँपालिका–४ मानाबुङमा बुधबार दिउँसो आएको लेदोसहितको पहिरोमा परी सोही ठाउँका ६० वर्षीय वीरबहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ । 

दिउँसो करिब १२ बजे घरबाट करिब ३०० मिटर पश्चिमतर्फको बाटो हुँदै पैदल हिँडिरहेका बेला खोल्सामा आएको पहिरोमा पुरिएर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मानबहादुर राईले जानकारी दिए ।

राई कान कम सुन्ने खुल्न आएको डीएसपी राईले बताए । घटनाबारे थप अनुसन्धानका तथा कानूनी प्रक्रियाका लागि प्रहरीको टोली घटनास्थल पुगेको उनको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्