२३ जेठ २०८३, शनिबार

जसपा र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच कार्यगत एकता हुने

साउन २८, २०८२
काठमाडौं
जसपा र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच कार्यगत एकता हुने

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालबीच कार्यगत एकता हुने भएको छ ।

भोलि बिहीबार यी दुई दलबीच कार्यगत एकताको घोषणा हुने प्रेस विज्ञप्तिमार्फत् जानकारी गराइएको छ । विज्ञप्तिमा महतो र राई दुवै जनाले हस्ताक्षर गरेका छन् । 

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट छुट्टिएर अशोक राईले जनता समाजवादी पार्टी गठन गरेका थिए ।

भविष्यमा पार्टी एकता गर्ने नै गरी अहिले कार्यगत एकता हुन लागेको राष्ट्रिय मुक्ति पार्टी नेपालका एक नेताले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्