२९ असार २०८३, सोमबार

दश वर्ष अगाडि जारी भएको संविधान पुनर्लेखन गर्नुपर्छ : अध्यक्ष यादव

साउन २८, २०८२
सप्तरी
दश वर्ष अगाडि जारी भएको संविधान पुनर्लेखन गर्नुपर्छ : अध्यक्ष यादव

जनता समाजवादी पार्टी(जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले त्रुटिपूर्ण रहेको संविधान संशोधन गरी पुनर्लेखन गर्नुपर्ने बताएका छन् । 
     
सप्तरीको राजविराजमा आज आयोजित नवनिर्वाचित जिल्ला कमिटीको शपथ ग्रहण तथा पदभार ग्रहण कार्यक्रममा उनले १० वर्ष अगाडि नेपालको संविधान संशोधन गरेर सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनुपर्ने बताए । 

उनले संविधानमा अहिले पनि मधेसी, थारु, मुश्लिम, दलित, आदिवासी, जनजाति, सीमान्तकृत समुदायलगायत कतिपय समस्या सम्बोधन हुन बाँकी रहेको चर्चा गर्दै समस्यालाई सच्च्याएर अघि बढ्न संविधान संशोधन नै आवश्यक रहेको बताए । 

भ्रष्टाचार नियन्त्रण, सुशासन र जनताको विश्वास प्राप्त गर्न बलियो सरकारको आवश्यकता रहेको जिकिर गर्दै अध्यक्ष यादवले प्रदेशको अधिकारविहीन र कानुनविहीन बनाइएको आरोप लगाए । 

salt training

कमेन्ट गर्नुहोस्