धादिङ,२५ मंसिर – पृथ्वी राजमार्ग अन्र्तगत धादिङको गजुरी गाउँपालिका वडा नं २ सोमबार बिहान ट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ ।
मलेखुबाट गजुरी जाँदै गरेको ना ६ ख २७५२ नम्बरको ट्रकले विपरित दिशाबाट आउँदै गरेको बा ७३ प ४९७३ नम्बरको मोटरसाइकललाई ठक्कर बिहानपम्प नजिकै दिएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक दोलखाका ४५ वर्षीया शम्भू बस्नेतको उपचारका क्रममा गजुरी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।