१२ साउन २०८३, मंगलबार

बाजुराको बाम खोलामा बाढी : पुल र विद्यालय बगायो, निजी घर र खेतमा समेत क्षति

साउन २९, २०८२
काठमाडौं
बाजुराको बाम खोलामा बाढी : पुल र विद्यालय बगायो, निजी घर र खेतमा समेत क्षति

बाजुराको हिमाली गाउँपालिका–१ अन्तर्गत बिच्छ्याको बाम खोलामा आएको बाढीले भौतिक संरचनामा ठूलो क्षति गरेको छ । 

बुधबार साँझ एक्कासि खोलामा आएको बाढीले एउटा झोलुङ्गे पुल, वडा कार्यालय, र विछ्या माध्यमिक विद्यालयको भवनमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार बाढीले खोला वरपर रहेका निजी घर र खेत समेत बगाएको छ ।

प्रहरीका अनुसार क्षतिको विस्तृत विवरण भने आउन बाँकी छ । 

तर, हालसम्म कुनै मानवीय क्षतिको विवरण नआएको प्रहरीको भनाइ छ ।

घटनापछि नेपाल प्रहरीको टोली उद्धार तथा अनुगमनका लागि प्रभावित क्षेत्रमा पठाइएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्