१० असार २०८३, बुधबार

पशुपति आर्यघाटमा जलाउँदै गरेको शवबाट हड्डी र खरानी खरिद गर्ने एक जना पक्राउ

साउन २९, २०८२
काठमाडौं
पशुपति आर्यघाटमा जलाउँदै गरेको शवबाट हड्डी र खरानी खरिद गर्ने एक जना पक्राउ
फाइल तस्वीर

पशुपति आर्यघाटबाट जलाउँदै गरेको शवबाट हड्डी र खरानी खरिद गर्ने व्यक्तिलाई पनि प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका–२ घर भएर काठमाडौंको कपन बस्ने ४२ वर्षीय रामनन्दन ठाकुर छन् । 

ठाकुरसँगै उनलाई हड्डी र खरानी खरिदमा सहयोगी भूमिकामा रहेका सप्तरी बलानबिहुल गाउँपालिका–६ का मिश्रिलाल यादवलाई समेत प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । 

साउन २३ गने अपराह्न आर्यघाटमा जल्दै गरेको राम शाहीको शवबाट हड्डी र खरानी बिक्री गरेको आरोपमा प्रहीले घाटे बाहुन काभ्रे मण्डनदेउपुरका गणेश प्रसाद ढकाल भन्ने जीवनाथ ढकाल र उदयपुरका विनायक मैनालीलाई पक्राउ गरेको थियो । 

पक्राउ परेका चारै जनालाई प्रहरी वृत्त गौशालामा राखेर अनुसन्धान भइरहेको बोहराले जानकारी दिए । प्रहरीले ठाकुर र यादवबाट हड्डीको धुलो र खरानी बरामद गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्