![काठमाडौंको कालीमाटी क्षेत्रका अनधिकृत संरचनामा चल्यो बालेनको डोजर [फोटोफिचर]](https://lktcdn2.prixacdn.net/media/Kalimatima_Mahanagarko_dozer_5_7GFUxH8JN6.jpg)
काठमाडौं महानगरपालिकाले कालीमाटी क्षेत्रमा बग्ने खोलामाथि बनेका अनधिकृत संरचनामा डोजर चलाएको छ ।
महानगरले स्वीकृति बेगरका पक्की पुलसमेत डोजर र ब्रेकर लगाएर बिहीबार भत्काएको छ । कालीमाटीबाट बल्खु जाने सडकको १०० मिटर भित्रका संरचना भत्काइएको महानगरले जनाएको छ ।
अनधिकृत संरचना भत्काउनका लागि महानगर प्रहरी बल बिहान ११ बजे त्यस क्षेत्रमा पुगेको थियो ।









