०६ असार २०८३, शनिबार

चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिले लिए शपथ

साउन २९, २०८२
काठमाडौं
चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिले लिए शपथ

हालै नियुक्त विभिन्न चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

उनीहरूले बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । 

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा. विक्रमप्रसाद श्रेष्ठ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति सह प्राडा. पुजनकुमार रोकाया, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा. बुद्धिप्रसाद पौडेल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति डा. भरत खत्रीले शपथ लिएका हुन् । 

कार्यक्रममा कुलपति ओलीले स्वच्छ र पारदर्शी रूपमा देखिने खालको काम गर्न सफलता मिलोस् भनी उनीहरूलाई शुभकामना दिए । 

salt training

कमेन्ट गर्नुहोस्