२३ जेठ २०८३, शनिबार

अनलाइन प्लेटफर्मसँगै जुलिज केक एण्ड पेस्ट्रीको नयाँ शाखा इमाडोलमा

साउन २९, २०८२
काठमाडौं
अनलाइन प्लेटफर्मसँगै जुलिज केक एण्ड पेस्ट्रीको नयाँ शाखा इमाडोलमा

२२ वर्ष अघिदेखि सञ्चालित जुलिज केक्स एन्ड पेस्ट्रिजले आफ्नो नयाँ शाखा ललितपुरको इमाडोलमा सञ्चालनमा ल्याएको छ । 

सुरुमा श्रीमान्-श्रीमती र चार जना कामदारबाट शुरू भएको यो यात्रामा अहिले धेरैले रोजगारी पाएका छन् । जुली प्रधानाङ्गले शुरू गरेको यो घरेलु उद्योग व्यावसायिक रूपमा अगाडि बढिरहेको छ ।

जुली यसमा आफ्नो मेहनत, ग्राहकको माया र उत्पादनको गुणस्तरलाई सबैभन्दा महत्त्वपूर्ण मान्छिन् । उनी भन्छिन्, ‘ग्राहकको रोजाइअनुसार गुणस्तरीय उत्पादन दिन पाउँदा मलाई धेरै सन्तुष्टि मिल्छ ।’

बजारमा जताततै खुलेका बेकरी र केक पसलहरूको गुणस्तर, मूल्य र सरसफाइमा सरकारी निकायबाट अनुगमन र निगरानी भएमा उपभोक्ताले स्वस्थकर उत्पादन पाउन सक्ने उनको भनाइ छ । 

जुलीका अनुसार ठूला होटलका महँगा उत्पादन सबै वर्गका नेपालीको पहुँचमा हुँदैनन्, त्यसैले सबैका लागि सुलभ मूल्यमा उत्पादन दिनु आफ्नो ब्रान्डको विशेषता हो ।

जुलिज केक्स एन्ड पेस्ट्रिजको कुपण्डोलस्थित मुख्य आउटलेट राम्रैसँग चलेको छ । तर, काठमाडौं, भक्तपुर र ललितपुरबाट माग बढ्दै गएपछि खोलिएको लैनचौरको अर्को आउटलेट भने कोरोना महामारीका कारण बन्द गर्नुपरेको थियो । 

जुलीले आजबाट आफ्नो तेस्रो शाखा इमाडोलमा खोलेको बताइन् । ग्राहकको बढ्दो माग, बजारको विस्तार र फ्याक्ट्री नजिक भएकाले ताजा र छिटो सेवा दिन यो शाखा खोलिएको उनले बताइन् ।

होम डेलिभरीको सुविधा भए पनि धेरै ग्राहक अर्डर गर्न पसलमै आउने गर्छन्, जसबाट उनीहरूले प्रत्यक्ष रूपमा प्रतिक्रिया पाउँछन् र व्यवसायलाई थप व्यवस्थित गर्न मद्दत मिल्छ ।

जुली आफ्नो व्यवसायमा दक्ष जनशक्ति, नयाँ प्रविधि र पर्याप्त प्राविधिक ज्ञानका साथ अगाडि बढिरहेकी छन् । साथै, फुडमाण्डु, मुन्चा, ठमेल डटकम जस्ता प्लेटफर्महरूसँगको साझेदारीमा बिक्री वितरण गर्दै आएको छ ।

जुली प्रधानाङ्गले आफ्नो व्यवसायलाई इ–कमर्स क्षेत्रमा अघि बढाउने बताइन् ।

salt training

कमेन्ट गर्नुहोस्