२३ जेठ २०८३, शनिबार

भिजिट भिसा सुधार्न अध्यागमनको नयाँ प्रयास- शंकास्पद देखिए तुरुन्तै प्रहरीको जिम्मा लगाउने तयारी

साउन २९, २०८२
काठमाडौं
भिजिट भिसा सुधार्न अध्यागमनको नयाँ प्रयास- शंकास्पद देखिए तुरुन्तै प्रहरीको जिम्मा लगाउने तयारी

भिजिट भिसामा जाने यात्रुको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शंकास्पद कागजात भेटिए अब सिधै छानबिनका लागि प्रहरीको जिम्मा लगाउने तयारी भएको छ ।

विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार विमानस्थलमा भिजिट भिसाका नाममा भएका विकृतिको सुधारका प्रयास स्वरूप उक्त निर्णय गर्न लागिएको हो । 

‘भिजिट भिसामा गडबडी भएपछि सम्बन्धित व्यक्तिलाई घर फिर्ता पठायो, फेरि कतै न कतैबाट उही व्यक्ति आउँछ,’ तिवारीले लोकान्तरसँग भने,‘अब शंकास्पद देखियो वा त्रुटि देखियो भने तुरुन्तै प्रहरीलाई छानबिनका लागि भिसा र मान्छे बुझाउने तयारीमा छौं ।’ 

उनले एयरलाइन्स कम्पनीहरूसँग यस विषयमा व्यापक छलफल चलिरहेको र ठोस निर्णयपश्चात नयाँ व्यवस्थाको थालनी गर्ने बताए । हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सय भन्दा बढी एजेन्सी खटिएका छन् । 

तिवारीका अनुसार त्रुटि नै नभइकन पनि सेटिङमा अध्यागमनले मान्छे फिर्ता पठायो भन्ने आरोपबाट मुक्त हुन पनि यो व्यवस्था लागू गर्न लागिएको बताए । 

‘अब जानेले पनि त्रुटिपूर्ण भिसा लिएर विमानस्थलमा आउँदैन र प्रहरीलाई जिम्मा लगाउँदा पनि संवेदनशील भएर मात्रै जिम्मा लगाउँछ,’ तिवारीले भने, ‘यसो गर्दा भिजिट भिसामा थप सुधार हुने अपेक्षा गरिएको छ ।’

salt training

कमेन्ट गर्नुहोस्