०३ साउन २०८३, आइतबार

रसुवा बस दुर्घटना अपडेट- २१ घाइतेमध्ये ४ जनालाई उपचारका लागि काठमाडौं ल्याइयो

साउन २९, २०८२
काठमाडौं
रसुवा बस दुर्घटना अपडेट- २१ घाइतेमध्ये ४ जनालाई उपचारका लागि काठमाडौं ल्याइयो

रसुवामा बिहीबार दिउँसो भएको बस दुर्घटनामा घाइते भएका २१ जनामध्ये ४ जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । 

बिहीबार दिउँसो करिब सवा २ बजेतिर उत्तरगया गाउँपालिका-५ लहरेपौवास्थित पासाङल्हामु राजमार्ग अन्तर्गत धुन्चे -त्रिशुली सडक खण्डमा गत्लाङबाट काठमाडौं आउँदै गरेको बा ४ ख ८४३५ नम्बरको यात्रुवाहक बस दुर्घटनामा परेको थियो । 

नम्बर नखुलेको अटोरिक्सालाई साइड दिने क्रममा बस सडकबाट अन्दाजी ३०/४० मिटर खस्दा २१ जना घाइते भएका प्रहरीले जनाएको छ । बाँकी घाइतेलाई उपचारका लागि नुवाकोटको त्रिशुली अस्पताल लगिएको छ ।

रसुवा आमाछोदिङ्मो गाउँपालिका-१ नेसिङ बस्ने २० वर्षीया प्रिस्किला तामाङ, आमाछोदिङ्मो-१ का ५१ वर्षीया दावा साङ्मो तामाङ, रसुवाको गोसाइँकुण्ड गाउँपालिका-५, स्याफ्रुबेशीका ५२ वर्षीया पासाङ बुटी शेर्पा र उनको छोरी २ महिनाको शिशुलाई काठमाडौं रिफर गरिएको प्रहरीले जनाएको छ । 

रसुवाकी गंगा पौडेल, जुनिसा तामाङ, तेन्चेन मेन्दु तामाङ, सुनिता तामाङ, दावा घले, बिवश लोप्चन, गणेश पौडेल, सोना तामाङ, नुवाकोटका गणेश सुनार, राजकुमार सेन्चुरी, बुद्दि विक, सीता पौडेल, सुजन सुनार, धादिङका सम्बर लामा, राम माया घले र सिन्धुलीका दिपेश परियार घाइते भएका छन् । उनीहरू सबलाई त्रिशुली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्