१२ असार २०८३, शुक्रबार

नेपाल पर्वतारोहण सङ्घमा गुरुङ समूहको उम्मेदवारी घोषणा

साउन २९, २०८२
काठमाडौं
नेपाल पर्वतारोहण सङ्घमा गुरुङ समूहको उम्मेदवारी घोषणा

पर्वतीय पर्यटन व्यवसायीको छाता संस्था नेपाल पर्वतारोहण सङ्घ (एनएमए)को नयाँ कार्यसमितिका लागि कुलबहादुर गुरुङ समूहले उम्मेदवारी घोषणा गरेको छ ।

आज आयोजित पत्रकार सम्मेलनमा सङ्घको आगामी भदौ ७ गते काठमाडौँमा हुन लागेको महाधिवेशनका लागि गुरुङ समूहले उम्मेदवारी घोषणा गरेको हो । धादिङ रुविभ्यालीका गुरुङ विगत ३३ वर्षदेखि पर्वतीय पर्यटन व्यवसायमा आवद्ध छन् । उनले यसअघि एनएमएको महासचिव भएर काम गरिसकेका छन् ।

सङ्घको वरिष्ठ उपाध्यक्षमा टीकाराम गुरुङ, प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबु शेर्पा, द्वितीय उपाध्यक्षमा धनबहादुर गुरुङ, महासचिवमा विमलकुमार नहर्की, सचिवमा डिमा डिकी शेर्पा र कोषाध्यक्षमा सुमी लामाले उम्मेदवारी दिएका छन् ।

यस्तै, सदस्य पदमा पुष्कर शाह, बलबहादुर सुयाल, हरिगोपाल प्रधान, माधवप्रसाद पाण्डे, दिकी शेर्पा, सुदास लामा, लालबहादुर जिरेल, नुर्बु छिरिङ शेर्पा लामा, पासाङ शेर्पा, गीता राई र अशोक तामाङले उम्मेदवारी दिएका छन् । 

पत्रकार सम्मेलनमा अध्यक्षका उम्मेदवार गुरुङले सुरक्षित, जिम्मेवार दिगो हिमाली पर्यटनको विकासलाई आफ्नो प्रमुख एजेण्डा बनाएको बताए । 

salt training

कमेन्ट गर्नुहोस्