१२ असार २०८३, शुक्रबार

हत्या आरोपमा दुई जना पक्राउ

साउन २९, २०८२
सिरहा
हत्या आरोपमा दुई जना पक्राउ

 सिरहाको धनगढीमाई नगरपालिका–११ आमटोलमा बस्दै आएका ८८ वर्षीय फनिलाल यादवको हत्या अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका–२ भवानीपुरका ३३ वर्षीय महेश चौधरी र १९ वर्षीय प्रशान्त मण्डल छन् । उनीहरूले चोरी गर्ने उद्देश्यले घरमा प्रवेश गरेको तर घरधनी यादवले हल्ला गरेपछि खुकुरी प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए । 

फनिलाल यादवको यही साउन १४ गते हत्या भएको थियो । उनी घरमा एक जना भान्सेको सहयोगमा बस्दै आउएको प्रहरीले जनाएको छ । घटनास्थलबाट खुकुरी र एकजोर चप्पल बरामद गरेको थियो । 

    प्रहरीका अनुसार, घटनापछि अनुसन्धान सुरु गरिएको र घटनास्थल नजिकैको सिसीटिभी फुटेज तथा छुटेको चप्पलको आधारमा साउन २३ गते प्रशान्त मण्डललाई पक्राउ गरिएको हो । मण्डलको बयानका आधारमा साउन २७ गते महेश चौधरी पक्राउ परेका थिए ।

    हत्या प्रकरणको अनुसन्धान इलाका प्रहरी कार्यालय लहान, जिल्ला प्रहरी कार्यालय सिरहा, मधेस प्रदेश प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरोको संयुक्त टोलीले गरिरहेको छ । जिल्ला अदालत सिरहाबाट सात दिनको म्याद थपगरी अभियुक्तहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्