१२ असार २०८३, शुक्रबार

६ करोड बढीको क्रिप्टो र हुण्डी कारोबारमा संलग्न चार जना पक्राउ

साउन ३०, २०८२
काठमाडौं
६ करोड बढीको क्रिप्टो र हुण्डी कारोबारमा संलग्न चार जना पक्राउ

काठमाडौंको कालो पुलस्थित भाडाको कोठाबाट हुण्डी र अभौतिक मुद्रा (क्रिप्टोकरन्सी) कारोबार गरेको आरोपमा ४ जना पक्राउ परेका छन् ।

बिहीबार दिउँसो करिब २:३० बजे गोप्य सूचनाका आधारमा खटिएको काठमाडौं जिल्ला प्रहरी परिसरको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा बारा महागढीमाईका २ नेपाली ओम प्रकाश जयसवाल (२७) र मनमोहन कुमार सिंह (२५), तथा भारत विहारका विक्रम जयसवाल (३३) र मुन्ना जयसवाल (३३) रहेका छन् ।

पक्राउ परेकाको साथबाट प्रहरीले नगद १५ लाख ३३ हजार रुपैयाँ र मोबाइल ५ थान बरामद गरेको छ । 

थप अनुसन्धानमा उनीहरूले ६ करोड ६ लाख ६३ हजार ६८७ रुपैयाँ बराबरको क्रिप्टो कारोबार गरेको खुलेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्