
मनसुनी प्रणाली फेरि कमजोर भएको छ । मनसुनी प्रणाली कमजोर भएसँगै पानी पर्ने क्रम पनि घटेको हो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा साधारणतया बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदली रहनेछ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भूभागलगायत बाँकी प्रदेशको पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी तराई भूभागका एक/दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
राति कोशी र सुदूरपश्चिम प्रदेशलागायत बाँकी प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रहने विभागले जनाएको छ ।
मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेकाले मनसुनको अवस्था कमजोर बनेको हो ।