०८ साउन २०८३, शुक्रबार

समृद्धिको दिगो आधार पर्यटन हो, यसलाई कृषिसँग जोड्नु पर्छ : शंकर पोखरेल

साउन ३१, २०८२
काठमाडौं
समृद्धिको दिगो आधार पर्यटन हो, यसलाई कृषिसँग जोड्नु पर्छ : शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनताको जीवनस्तर उठाउने कुरा प्रमुख विषय भएको बताएका छन् ।

राष्ट्रिय सुरक्षा केन्द्र तथा वैदेशिक अध्ययन केन्द्रको व्यवस्थापन र नेपाल बौद्धिक परिषद्को आयोजनामा शनिबार काठमाडौंमा भएको ‘सांस्कृतिक कूटनीति : नेपालको विश्व पहिचान प्रवर्द्धन’ विषयक अन्तरक्रिया कार्यक्रममा पोखरेलले सम्पदा क्षेत्रको विकासको लागि जनताको जीवनस्तर उठाउनु मुख्य विषय रहेको बताए । 

‘विकासको जग भनेको जनताको जीवनस्तर उठाउने नै रहेछ, अभाव र गरिबीमा रहेका जनताका बीचमा रहेका सम्पदा क्षेत्रहरूको आकर्षण वृद्धि गर्न सकिँदैन, जीवनस्तर उठाउनको लागि सम्पदाहरूले पनि योगदान गर्दछन्, मुख्य कुरा जीवनस्तर उठाउने कुरासँग जोडिन्छ,' उनले भने ।​

जीवनस्तर उठाउनका लागि नेपालमा सबैभदा प्रमुख पक्ष कृषिको रूपान्तरण भएको उनले बताए । नेपाललाई समृद्ध बनाउन व्यावसायिक कृषि र त्यसलाई पर्यटनसँग जोड्नु पर्ने उनको भनाइ छ । ‘नेपालको समृद्धिको दिगो आधार पर्यटन हो भन्ने कुरालाई बुझेर यसलाई कृषिसँग जोड्नु पर्दछ,' उनले भने ।

उनले कुनै पनि क्षेत्रको विकासको लागि कस्तो रणनीति बनाएर अघि बढिन्छ भन्ने कुरा प्रमुख हुने बताए । ‘कुनै पनि क्षेत्रका विकास गर्दछौं भने हामीले त्यस क्षेत्रका बारेमा बताउन सक्ने जनशक्ति उत्पादन गर्न सक्नु पर्दछ,' उनले भने ।

पर्यटकहरूलाई घुम्ने र रमाउने वातावरण बनाउनका लागि पनि गम्भीर भएर लाग्नु पर्नेमा उनले जोड दिए । उनीहरूको बसाई लम्याउन सक्दा मात्र पर्यटन र अर्थतन्त्रको विकास गर्ने सक्ने पोखरेलको भनाइ छ ।

राष्ट्रिय हित र सुरक्षाका प्रश्नमा पनि कूटनीतिलाई पर्यटनसँग जोड्न सक्नु पर्ने उनको धारणा छ । धर्म र संस्कृतिका ज्ञाताहरूलाई दोस्रो तहको कूटनीतिमा जोड्न सक्ने हो भने त्यसले राष्ट्रिय हितको काम गर्न सक्ने पोखरेलले बताए । 

salt training

कमेन्ट गर्नुहोस्