०९ असार २०८३, मंगलबार

करेन्ट लागेर तीन जनाको मृत्यु

साउन ३१, २०८२
काठमाडौं
करेन्ट लागेर तीन जनाको मृत्यु

देशका विभिन्न स्थानमा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ । 

मोरङ, रौतहट र बाँकेमा भएका घटनामा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको  छ।

प्रहरीका अनुसार मोरङको विराटनगर महानगरपालिका-४ ईक्राही बस्ने ६० वर्षीय लक्ष्मण यादवको करेन्ट लागेर शुक्रबार राति मृत्यु भएको हो । आफ्नै घरमा विद्युतीय मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको नोवेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी, रौतहटको बौधीमाई नगरपालिका-६ पिपरिया बस्ने ५७ वर्षीय जयकरण राय यादवको करेन्ट लागेर शनिबार बिहान मृत्यु भएको छ । सोही ठाउँस्थित खेतमा विद्युतीय मोटरबाट पानी सिंचाई गर्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो ।

यस्तै, बाँकेको कोहलपुर नगरपालिका-१३ खड्कवार बस्ने ७५ वर्षीय डम्बर बहादुर डाँगीको करेन्ट लागेर शनिबार बिहान मृत्यु भएको छ । विद्युतीय मोटरको तारबाट करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्