१७ असार २०८३, बुधबार

विद्युत् निर्यात दोब्बर बनाइने

भदौ १, २०८२
काठमाडौं
विद्युत् निर्यात दोब्बर बनाइने

 गत आर्थिक वर्षमा १७ अर्ब ४५ करोड रुपियाँको विद्युत् निर्यात गरेकोमा चालु आर्थिक वर्ष (२०८२/८३) को अन्त्यसम्ममा दोब्बर बनाइने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । इन्डियन इनर्जी एक्सचेन्ज, भारतमै मध्यमकालीन सम्झौता र बङ्गलादेश निर्यातसमेत गरी करिब ३५ अर्ब रुपियाँ बराबरको विद्युत् निर्यात गर्ने योजना अनुसार गृहकार्य भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिए । 

कुल ८१०.९ मेगावाट निर्यातको अनुमति पाएकोमा गत सोमबार मात्रै भारत सरकारले थप २०० मेगावाट विद्युत् निर्यातका लागि नेपाललाई सहमति दिएको छ । शाक्यका अनुसार थप दुई सय मेगावाट पनि स्वीकृतिको अन्तिम चरणमा छ । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्