०८ असार २०८३, सोमबार

मन्दिरको दान पेटिकाबाट चोरी भयो पाँच लाख रूपैयाँ

कात्तिक २०, २०७४
मन्दिरको  दान पेटिकाबाट चोरी भयो  पाँच लाख रूपैयाँ
गौशाला, ७ माघ-महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित प्रसिद्ध बाबा जलेश्वरनाथ महादेवको दान पेटिकाबाट गएराति  पाँच लाखभन्दा बढी चोरी भएको छ । 

जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायका अनुसार जलेश्वर नगरपालिका–१ स्थित सो मन्दिरमा रहेको दान पेटिका फोरिएको थियो ।

स्थानीय बासिन्दाले रु पाँच लाख बढी भने पनि प्रहरीले दानपात्र सानो भएकाले त्यसमा त्यति रकम हुन नसक्ने जनाएको छ । चोरको खोजतलास भइरहेको जनाइएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्