१५ असार २०८३, सोमबार

गाजावासीका लागि अमेरिकी भिजिट भिसा स्थगित

भदौ १, २०८२
काठमाडौं
गाजावासीका लागि अमेरिकी भिजिट भिसा स्थगित

 अमेरिकाले गाजा पट्टीका नागरिकलाई दिइँदै आएको भिजिटर भिसा कार्यक्रम अस्थायी रूपमा स्थगित गरेको छ । अमेरिकी विदेश मन्त्रालयले सोमबार सार्वजनिक गरेको विज्ञप्तिमा हालका दिनमा अस्थायी उपचार तथा मानवीय आधारमा जारी भइरहेका भिसासम्बन्धी प्रक्रिया पुनरावलोकन गर्नुपर्ने भएकाले उक्त भिसा रोकिएको जनाएको छ ।

यस निर्णयप्रति केही फिलिस्तिनी अधिकार समूहहरूले आपत्ति जनाएका छन् । फिलिस्तिनी चिल्ड्रेन रिलिफ फण्डले विज्ञप्ति जारी गर्दै यसले गाजाबाट अमेरिका जीवनरक्षक उपचारका लागि बिरामी र घाइते बालबालिका ल्याउने आफ्नो क्षमता गम्भीर रूपमा प्रभावित गर्ने दाबी गरेको छ ।

संस्थाले सन् २०२४ मा मात्रै आफ्नो विदेश उपचार कार्यक्रमअन्तर्गत गाजाबाट १६९ बालबालिकालाई विभिन्न मुलुकमा लगेर उपचार गराइएको जनाएको छ । ती मुलुकमा मध्यपूर्वका केही देश, युरोप, दक्षिण अफ्रिका र अमेरिका पर्छन् ।

सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा इजरायलमाथि भएको आक्रमणपछि गाजामा युद्ध जारी छ । युद्धका कारण त्यहाँका अधिकांश अस्पताल ध्वस्त भएका छन् भने स्थानीयवासी गम्भीर खाद्य संकटमा परेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्