११ साउन २०८३, सोमबार

भारतीय विदेश सचिव मिश्री काठमाडौं आइपुगे

भदौ १, २०८२
काठमाडौं
भारतीय विदेश सचिव मिश्री काठमाडौं आइपुगे

भारतका विदेश सचिव विक्रम मिश्री काठमाडौं आइपुगेका छन् । नेपालको दुईदिने औपचारिक भ्रमणमा आइतबार बिहान उनी काठमाडौं आएका हुन् । यहाँ रहँदा विदेश सचिव मिश्रीले नेपालका उच्च अधिकारीहरूसँग पनि भेट गर्नेछन् ।

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा भारतीय समकक्षी मिस्री भ्रमणका लागि नेपाल आएका हुन् । 

भारतले छिमेकी पहिलो नीतिअन्तर्गत नेपालसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिँदै आएको छ । त्यसकै निरन्तरता स्वरूप विदेश सचिव मिस्रीको नेपाल भ्रमण हुन लागेको भारतीय दूतावासले जनाएको छ ।

विदेश सचिवको भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिने र द्विपक्षीय सम्बन्धलाई अझ अघि बढाउने विश्वास लिइएको छ। 

null

भारत-नेपालबीच बलियो र मैत्रीपूर्ण सम्बन्ध रहेको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ अन्तिममा भारत भ्रमण गर्ने तयारी छ । 

विदेश सचिव मिस्रीको नेपाल भ्रमणलाई प्रधानमन्त्री ओलीको भारत भ्रमणको तयारीका रूपमा पनि लिइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्