
अर्घाखाँची, २५ मंसिर— अर्घाखाँचीबाट प्रतिधिसभामा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।
सोमबार सम्पन्न मतगणना अनुसार माओवादी केन्द्रका उम्मेदवार टोपबहादुर रायमाझी विजयी भएका हुन् ।
उनले ५० हजार ३८५ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डा रामबहादुर बिसीले ३१ हजार ९४१ मत पाए