२४ जेठ २०८३, आइतबार

हस्ताक्षर संकलन गर्न कांग्रेस र एमालेले आफ्ना सांसदहरूलाई सिंहदरबार बोलाए

भदौ ३, २०८२
काठमाडौं
हस्ताक्षर संकलन गर्न कांग्रेस र एमालेले आफ्ना सांसदहरूलाई सिंहदरबार बोलाए

सत्तारूढ नेपाली कांग्रेस र नेकपा (एमाले) दुवैले प्रतिनिधिसभा प्रतिनिधित्व गर्ने आफ्ना सांसदहरूलाई सिंहदरबार बोलाएका छन् । 

दुवै दलले मंगलबार बिहान आफ्ना सांसदहरूलाई सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा जम्मा हुन निर्देशन दिएको एक सांसदले जानकारी दिए । 

‘आकस्मिकरूपमा सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा १० बजेदेखि २–३ बजेसम्म आउनू भनेर बोलाइएको छ,’ कांग्रेसका एक सांसदले लोकान्तरसँग भने, ‘एमालेका सांसदलाई पनि यस्तै गरी बोलाइएको भन्ने सुनेका छौं ।’ हस्ताक्षर संकलन गर्न बोलाइएको उनले खुलाए ।

एमालेका सांसद ठाकुर गैरेले पनि साढे १० बजे संसदीय दलको कार्यालयका बोलाइएको जानकारी दिए । तर, किन बोलाइएको हो भन्नेबारे केही नखुलेको उनको भनाइ छ । ‘साढे १० बजे बैठक छ भनेर बोलाइएको छ,’ ठाकुरले लोकान्तरसँग भने, ‘तर किन हो भनेर खुलाइएको छैन ।’

salt training

कमेन्ट गर्नुहोस्