०४ असार २०८३, बिहीबार

शनिबारदेखि अवरुद्ध हेटौंडा–काठमाडौं सडक सञ्चालनमा

भदौ ३, २०८२
काठमाडौं
शनिबारदेखि अवरुद्ध हेटौंडा–काठमाडौं सडक सञ्चालनमा
फाइल फोटो

हेटौंडा–काठमाडौं जोड्ने हेटौंडा–भीमफेदी–सिस्नेरी–काठमाडौं सडक सञ्चालनमा आएको छ ।

उक्त सडक खण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ ज्यामिरेमा खसेको सुक्खा पहिरो पन्छाएपछि आज बिहानदेखि सडक पूर्ण रूपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

सडकमा माथिबाट पहिरो खस्दा उक्त सडक शनिबारदेखि अवरुद्ध भएको थियो ।

अवरुद्ध सडकबाट पहिरो हटाइएपछि सडक सञ्चालनमा आएको प्रहरी नायब उपरीक्षक अर्यालले बताए ।

salt training

कमेन्ट गर्नुहोस्