
इन्टरनेट सेवा प्रदायक भायानेट दोस्रो कर्पोरेट क्रिकेट लिग २०८२ को टाइटल स्पोन्सर बनेको छ ।
भेट्रान्स फोर्टी क्लबको आयोजनामा हुने यो प्रतियोगिता यही भदौ १३ देखि १६ गतेसम्म बूढानीलकण्ठस्थित रोयल स्पोर्ट्स पार्क, चुनिखेलमा हुनेछ ।
प्रतियोगितामा सानिमा जीआईसी इन्स्योरेन्स, नेपाल एसबीआई बैंक, जगदम्बा मोटर्स, प्राइम बैंक, आईएमई डिजिटल, महालक्ष्मी मोबाइल्स, लक्ष्मी सनराइज बैंक, केआईईसी, एनआईसी एशिया बैंक, राष्ट्रिय वाणिज्य बैंक, लुम्बिनी विकास बैंक, क्वेस्ट फर्मास्युटिकल्स, प्रभु बैंक, सालिको, युनाइटेड अजोड इन्स्योरेन्स, स्प्राउट टेक, नेपाल बैंक र आईसीएफसी फाइनान्ससहितका २० कर्पोरेट टिम सहभागी हुनेछन् ।
भायानेटले होटल तथा हस्पिटालिटी, बैंक तथा वित्तीय संस्था, उद्योग, सेवा तथा शैक्षिक संस्थासहित निजी क्षेत्रका विभिन्न संघ-संस्थालाई कनेक्टिभिटी सेवा प्रदान गर्दै आएको छ ।
यसैक्रममा, भायानेटले कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सरशिपलाई कर्पोरेट क्षेत्रसँगको सम्बन्ध अझ घनिष्ठ बनाउने अवसरका रूपमा लिएको छ ।
‘भायानेट आज घरायसी इन्टरनेटको पहिलो रोजाइ मात्र नभई कर्पोरेट क्षेत्रमा पनि विश्वासिलो पार्टनर बनिसकेको छ । भायानेट इन्टरप्राइज इन्टरनेट कनेक्टीभिटीमा मात्र सीमित नभई, आईटी सोलुसन पनि दिने भएकोले ‘वियोन्ड कनेक्टिभिटी’ दृष्टिकोण लिएर अघि बढिरहेका छौं’, भायानेटका कमर्शियल एण्ड मार्केटिङ विभागका उपप्रमुख शहिन श्रेष्ठले भने, ‘कर्पोरेट क्रिकेट लिगमार्फत् हाम्रा प्रमुख पार्टनरहरू: बैंक, वित्तीय संस्था, उद्योग, सेवा तथा शिक्षण क्षेत्रसँग अझ नजिक हुने अपेक्षा राखेका छौं । खेलकुदले सम्बन्धलाई बलियो बनाउन ठूलो भूमिका खेल्छ, यही हाम्रो मुख्य उद्देश्य हो ।’