०९ साउन २०८३, शनिबार

पहिलो राष्ट्रिय मिनी स्केट म्याराथन असोजमा हुने

भदौ ३, २०८२
काठमाडौं
पहिलो राष्ट्रिय मिनी स्केट म्याराथन असोजमा हुने

द स्केट ल्यान्डको आयोजना र नेपाल स्केटिङ एन्ड स्केटबोर्डिङ संघको सहकार्यमा आगामी असोज ४ गते ‘पहिलो राष्ट्रिय मिनी स्केट म्याराथन प्रतियोगिता’ आयोजना हुने भएको छ ।

प्रतियोगितामा नेपाल, भारत र दुबईका गरी दुई सय जना खेलाडीको सहभागिता रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी दियो ।

आयोजकका अनुसार, नेपालमा हाल तीन सयभन्दा बढी स्केट पार्क छन् र ती स्केट पार्कका उत्कृष्ट खेलाडीले पनि प्रतियोगितामा भाग लिने छन् ।

काठमाडौं सुन्दरीजलको आलापोटबाट शुरू हुने प्रतियोगिता गोकर्ण तालिम चोकमा पुगेर सम्पन्न हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको दूरी पाँच किलोमिटर रहने छ । प्रतियोगिता पहिलो हुने खेलाडीले ५० हजार रुपैयाँ नगदसँगै स्केट सुज र सेफ्टी गियर पुरस्कार पाउने छ ।

यसैगरी, दोस्रो हुने खेलाडीले ३० हजार रुपैयाँ नगद र स्केट सुज तथा तेस्रो हुने खेलाडीले १५ हजार रुपैयाँ नगद र सेफ्टी गियर पुरस्कार पाउने द स्केट ल्यान्डका संस्थापक अब्राहिम राईले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्