२४ जेठ २०८३, आइतबार

सातदोबाटोमा एमजीको नयाँ डिलर

भदौ ३, २०८२
काठमाडौं
सातदोबाटोमा एमजीको नयाँ डिलर

एमजीले ललितपुरको सातदोबाटोमा नयाँ डिलरशिपको शुभारम्भ गरेको छ ।​

ग्राहकलाई अन्तर्राष्ट्रिय स्तरको बिक्री तथा सेवा अनुभव प्रदान गर्ने उद्देश्यले अत्याधुनिक सुविधासहितको डिलरशिप निर्माण गरिएको कम्पनीले जनाएको छ ।

यस स्थानका लागि पीआर सप्लायर्सलाई आधिकारिक एमजी डिलरशिपका रूपमा नियुक्त गरिएको छ ।

प्यारामाउन्ट मोटर्स प्रालिका निर्देशक निकुञ्ज अग्रवालको आतिथ्यमा भएको औपचारिक उद्‌घाटनले ललितपुरमा एमजीको उपस्थिति विस्तारको ऐतिहासिक क्षणको संकेत गरेको छ ।

null

२०८२ भदौ २ गतेदेखि ग्राहकहरूले नयाँ सुविधा सम्पन्न शोरुममा एमजीका प्रिमियम गाडीहरूको अवलोकन गर्न, विशेषज्ञ सल्लाह लिन तथा प्रत्यक्ष रूपमा बुकिङ वा खरिद गर्न सक्नेछन् ।

यो डिलरशिपले ललितपुर र आसपासका क्षेत्रमा रहेका ग्राहकहरूलाई सहज र व्यक्तिगत अनुभव सहितको कार खरिदको सुविधा प्रदान गर्ने लक्ष्य राखेको छ ।

उद्‌घाटन कार्यक्रममा आफ्नो उत्साह व्यक्त गर्दै अग्रवालले भने, 'यो नयाँ डिलरशिप केवल एउटा शोरुम मात्र नभएर यो पूर्ण रूपमा एमजी अनुभवको प्रवेशद्वार हो । विश्वस्तरीय डिजाइन, तालिम प्राप्त कर्मचारी र विस्तृत उत्पादन सूचीसहित हामी ललितपुरका ग्राहकहरूलाई शैली, प्रदर्शन र नवीनताको अद्वितीय संयोजन अनुभव गर्न स्वागत गर्दछौं ।'

salt training

कमेन्ट गर्नुहोस्