०५ असार २०८३, शुक्रबार

‘भाषासम्बन्धी विधेयकमाथिको सैद्धान्तिक छलफल सकियो’

भदौ ३, २०८२
विराटनगर
‘भाषासम्बन्धी विधेयकमाथिको सैद्धान्तिक छलफल सकियो’

कोशी प्रदेशसभाको आजको बैठकमा ‘कोशी प्रदेशमा सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको सैद्धान्तिक छलफल सकिएको छ ।

प्रदेश सरकारका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले गएको साउन २५ गते विधेयक सदनमा पेस गरेपछि सैद्धान्तिक छलफलका क्रममा २९ जना प्रदेशसभा सदस्यले आ–आफ्नो विचार र सुझाव राखेका छन् । 

आजको बैठकमा मन्त्री राईले सबैले अपनत्व ग्रहण गरी विधेयकलाई सर्वसम्मत पारित गरिदिन आग्रह गरे । 

भाषा आयोगले मैथिली र लिम्बू भाषालाई सरकारी कामकाजको भाषा बनाउन गरिएको सिफारिसका आधारमा यो विधेयक ल्याइएको हो । प्रदेशमा १०९ भाषाभाषी रहेकामा तीमध्ये १३ वटा भाषालाई सरकारी कामकाजको भाषा हुनुपर्ने आयोगको सिफारिस छ ।

salt training

कमेन्ट गर्नुहोस्