२८ जेठ २०८३, बिहीबार

फिनल्याण्डका युवा सांसद संसद्‌भित्रै मृत भेटिए

भदौ ४, २०८२
काठमाडौं
फिनल्याण्डका युवा सांसद संसद्‌भित्रै मृत भेटिए
तस्वीर : बीबीसीबाट

फिनल्याण्डका एक राजनीतिज्ञको राजधानी हेलसिंकीस्थित देशको मुख्य संसद् भवनमा मृत्यु भएको छ । ३० वर्षीया सांसद एमिली पेल्टोनेनको संसद्‌मै निधन भएको बीबीसीले जनाएको छ । 

सामाजिक लोकतान्त्रिक पार्टीका सांसद पेल्टोनेनले संसद् भवनमै आत्महत्या गरेको विश्वास गरिन्छ र उनी मंगलबार बिहान फेला परेको समाचारमा उल्लेख छ । 

पेल्टोनेनले आफ्नो अन्तिम इन्स्टाग्राम पोस्टमा आफू मिर्गौला रोगबाट पीडित भएको बताएका थिए । 

पेल्टोनेन २०२३ को चुनावमा ५७४७ मत प्राप्त गरेर सांसद बनेका थिए । उनी संसद्‌का केही समितिहरूमा काम गर्थे ।

उनी जार्वेनपा सिटी काउन्सिलका सदस्य र त्यहाँका सबैभन्दा कान्छा बोर्ड अध्यक्ष पनि थिए।

प्रहरीले मृत्युको कारणको अनुसन्धान गरिरहेको समाचारमा जनाइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्